नेप्सेमा उच्च अंकको गिरावट, सबै क्षेत्रका सूचक घटे

काठमाण्डु टुडे २०८१ असोज ८ गते १५:३२ मा प्रकाशित

काठमाण्डु, ८ असोज–आज मंगलबार पनि सेयर बजार परिसूचक ९नेप्से० मा उच्च गिरावट देखिएको छ । २५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८.९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा झरेको हो ।

समग्रमा २।३३ प्रतिशतले घटेको बजारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज ३०९ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर खरिदबिक्री भएको थियो । मंगलबार २३३ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्य बढ्दा एउटाको स्थिर रह्यो ।

आज माथिल्लो स्याङ्गे जलविद्युतको मूल्य ७.८३ प्रतिशतले बढेको छ । बढेका अन्य कम्पनीको मूल्य ५ प्रतिशत पनि उक्लिन सकेन ।

हिमालयन हाइड्रोपावरको मूल्यमा भने नकारात्मक सर्किट लाग्यो । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.७४ प्रतिशतले घटेको छ । बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको मूल्य पनि ८ प्रतिशतले घट्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us