रास्वपाका नेताहरू चीन भ्रमणमा

काठमाण्डु टुडे २०८१ असोज ६ गते १२:४७ मा प्रकाशित

काठमाण्डु, ६ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिका डा.स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जना सांसद तथा पार्टीका नेताहरू चीन भ्रमणमा छन । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनीहरू शनिवार मध्यराति चिनतर्फ प्रस्थान गरेका हुन् ।

चीनको आर्थिक, शैक्षिक तथा सांस्कृतिक प्रगतिको अवलोकन गर्नुको साथै त्यहाँका नेताहरूसँग भेटघाट पनि हुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिएका छन ।

भ्रमण टोलीमा प्रतिनिधिसभा सदस्य एवम् उपसभापति वाग्ले प्रतिनिधिसभा सदस्यहरू मनिष झा, असिम साह, शिशिर खनाल, डा।तोसिमा कार्की, गणेश पराजुली तथा पार्टीका नेताहरूमा बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, लिमा अधिकारी, तपेश्वर यादव, खुश्बु सरकार श्रेष्ठ रहेको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us