अवकाश प्राप्त एआईजी ज्ञवालीसहित ५ अधिकृतहरूले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन

काठमाण्डु टुडे २०८१ असोज ६ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, ६ असोज– नेपाल प्रहरीका निवर्तमान एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिएका छन ।

उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीलेको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । सर्वोच्च अदालतले उमेर हद्दका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका हुन ।

प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था रहेको छ । उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका थिए । सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिइएको डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेर हद पुरा गरेर भदौ २५ मा अवकाशमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us