नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढ्योः प्रचण्ड

काठमाण्डु टुडे २०८१ असोज ६ गते ९:०१ मा प्रकाशित

काठमाण्डु, ६ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन् ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभामा प्रचण्डले समग्र विश्व परिस्थिति असाधारण, असामान्य ढंगले बढेको र नेपालमा पनि शक्ति राष्ट्रहरूको चलखेल बढेको बताए ।

विश्वमा बढेको शीतयुद्धको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरूले औंल्याएको उनको भनाइ थियो । ‘चाहे रुस, युक्रेन युद्ध, ढाई वर्षदेखि चलिरहेको छ। त्यसको विश्वव्यापी असर छ । इजरायल र हमासबीच चलिरहेको लडाईं वा इरान र इजरायलको बीचमा कति बेला विष्फोट हुन्छ थाहा छैन’, उनले भने, ‘अहिले संसार तस्रो विश्वयुद्धको संघारमा छ । ढोकामै आइपुगेको छ भन्न पनि सुरु गरिएको छ । विश्व पहिलाको भन्दा पनि अुसरक्षित भएको छ । अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको छ । श्रीलंका, बंगलादेशको घटनालाई हेर्दा थाहा हुन्छ,’ उनले भने ।

‘यसलाई उपयोग गर्ने सके नेपालका निम्ति अवसर र नसके दुर्घटनामा जानसक्ने उनले बताए । अहिले शक्तिराष्ट्रहरुको ध्यान र चलखेल नेपालमा अलि बढी नै छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो छ, राष्ट्रिय परिस्थिति पनि सामान्य छैन,’ उनले भने ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरु केही समय यता भएको बताए । ‘संसदीय प्रणालीमा पहिलो र दोस्रो ठूलो दलको सरकार प्रायः बनाउँदैनन्,’उनले भने ।
(न्यूज एजेन्सी नेपाल)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us