प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसंघ महासचिव गुटेरेशसँग भेट

काठमाण्डु टुडे २०८१ असोज ६ गते ७:५९ मा प्रकाशित

काठमाण्डु, ६ असोज- संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्यूयोर्कलपुगेका प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा गुटेरेशसँग ओलीको भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । राष्ट्रसंघीय महासभा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली शुक्रबार अमेरिका प्रस्थान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us