मोरङ, ५ असोज– मोरङमा ससुराको ज्वाईंले हत्या गरेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको घरमै हत्या भएको हो । शनिबार हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले धारिलो हतियार प्रहार गरी चन्द्रबहादुरको हतया भएको बताए । घटनापछि उनका ज्वाईं २५ वर्षीय रविन राई फरार छन् ।
मृतक चन्द्रबहादुरकी श्रीमती र रविन पत्नी (छोरी) वैदेशिक रोजगारीमा रहेकाले घरमा ज्वाईं ससुरा मात्र बस्दै आएका थिए । घटनाअघि ज्वाईं ससुरा सँगै बसेर मदिरा सेवन गरेको देखिएको छ ।