काठमाण्डुमा वृद्ध मृत फेला

काठमाण्डु टुडे २०८१ असोज ५ गते १९:१९ मा प्रकाशित

काठमाण्डु, ५ असोज– काठमाण्डुका टोखामा एक वृद्धको शव फेला परेको छ ।

टोखा नगरपालिका–३ पञ्चेटारका ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत फेला परेका हुन् । श्रेष्ठको पानीको कुलोमा फेला परेको प्रहरी परिसर काठमाण्डुका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us