खैरो हेरोइनसहित २ जना नागढुंगाबाट पक्राउ

काठमाण्डु टुडे २०८१ असोज ५ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, ५ असोज– प्रहरीले अवैध लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको बिदुर नगरपालिका–५ का २९ वर्षीय सन्तोष पौडेल र गोरखाको शहिद लखन गाउँपालिका–६ का २५ वर्षीया सीमा गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

२० ग्राम खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

काँकडभिट्टाबाट काठमाण्डु आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५६५३ नम्बरको यात्रुबहाकमा उनीहरु काठमाण्डु आउँदै गर्दा नागढुंगामा लागु औषधसहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

सथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us