कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी र आनन्दित छन्ः सभापति देउवा

काठमाण्डु टुडे २०८१ असोज ५ गते १७:४० मा प्रकाशित

काठमाण्डु, ५ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको दाबी गरेका छन ।

सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबिचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको पनि बताएका छन । आज शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।

उनले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने पनि बताएका छन । सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिएका छन ।

उनले भने, ‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दा खेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई । तर प्रतिस्पर्धी पार्टी मिल्दा खेरी देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरू खुसी भएका छन् ।

कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यस कारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्यो । कांग्रेसले कामै गर्दैन भन्छन् है विचार गर्नु । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन । अनि खाइदेला नि अरू पार्टीले । त्यस कारणले कांग्रेसले अरू बढी काम गर्नुर्यो ।

जनतासँगको सम्बन्ध बढाउनु पर्यो । जनताको दिल जित्नुपर्यो । जनताको कामहरू गर्नुर्यो । त्यस कारण जनताको कामहरू हामीले गर्दै जानुपर्दछ ।’

उनले थपे, ‘हामीले जिल्लाका मात्रै होइन, प्रदेशका सबै ठाउँका विकास योजनाका कामहरू गरेर आफ्नो ठाउँका लागि, आफ्नो गाउँको लागि, आफ्नो जिल्लाको लागि त्यति मात्रै होइन, सर्वसाधारण जनता र खासगरीकन दुःख पाएका जनताको लागि हामीले काम गर्यौँ भने कांग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ ।

यसै काममा लाग्नका लागि म सबै साथीभाइहरुलाई आग्रह गर्न चाहन्छु । अहिलेको यो संविधान छ । समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएका । यसमा यति धेरै गाह्रो छ । कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ । तैपनि हामीले यो गाह्रो काम नै गर्नु पर्यो ।

अप्ठ्यारो कामनै गर्नुर्यो । त्यसको निम्ति मेहनत धेरै गर्यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ । कमसेकम नम्बर वान पार्टी पहिलो पार्टी नेपालको भयो भने हाम्रो पार्टीलाई जनताले गरेको विश्वास पूरा हुनेछ । यही काम लाग्न अनुरोध गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us