मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ५ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, ५ असोज– चितवनमा मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएका छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट नगरपालिका-५ काङग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा र मोटरसाइकलमा सवार लमजुङ दुधपोखरी गाउँपालिका-६ बस्ने ४० वर्षीय पूर्ण बहादुर गुरुङ रहेका छन ।

भरतपुर महानगरपालिका–२ लिलाचोकस्थित सडकमा शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बा।प्र।०६९००२ प ३१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा थापा र गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us