काठमाण्डु, ५ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने घोषणा गरेका छन । आज शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले संविधान र शान्ति सम्झौता विपरीतका गतिविधि अभिव्यक्ति संसदबाट आएका कारण अवरोध कायम रहने पनि बताएका छन । अध्यक्ष प्रचण्डले भने, ‘संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत हत्या, हिंसा भनियो।
हामी सदन अवरोधको स्थितिमा छौं। र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौं। हामी छोड्दैनौं, ‘प्रतिनिधि सभामा नहुने साथीहरुले सडकबाट उठाइदिनपर्यो।’यद्यपि संघीय संसदको चालु अधिवेशन अन्त्य भइसकेको छ।
अध्यक्ष प्रचण्डले संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार त्यही सम्झौता गर्नेहरूलाई नभएको बताए। यही कुरा संसदमा जबरजस्त ढंगल उठाइएको पनि बताएका छन ।
अध्यक्ष प्रचण्डले प्रतिनिधि सभामा संख्यामा कमजोर भनेर हेप्न खोजिएको तर विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा गरिएको व्यवस्थाका कारण माओवादी कमजोर नभएको पनि बताएका छन ।