घरमा मृत भेटिए ससुरा, ज्वाईं फरार

काठमाण्डु टुडे २०८१ असोज ५ गते १४:४४ मा प्रकाशित

काठमाण्डु, ५ असोज– मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा फेला परेका छन । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव फेला परेको प्र्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ । घरमा चन्द्रबहादुर र उनको ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई बस्दै आएका थिए ।

घटनापछि रविन फरार छन् ।चन्द्रबहादुरकी श्रीमती र छोरी (रविनकी पत्नी०)वैदेशिक रोजगारीमा छन् । घरमा भने ज्वाईं ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुरालीको छेउमै रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति घरमै मदिरा सेवन ज्वाईं ससुराबीच विवाद भएको थियो । विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us