खैरो हेरोइनसहित २ महिला पक्राउ

काठमाण्डु टुडे २०८१ असोज ५ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, ५ असोज– प्रहरीले कैलालीबाट खैरो हेरोइनसहित २ जना महिला पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूहबाट खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोली खैरो हेरोइनसहित २ महिलालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ बस्ने २७ वर्षीय राममति राना र सोही ठाउँ बस्ने २२ वर्षीय करिना राना रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोइन समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us