दसैँको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ने

काठमाण्डु टुडे २०८१ असोज ५ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, ५ असोज– दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ला हुने भएको छ । घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुला हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन ।

उनले भने, ‘घटस्थापनाभन्दा एक साता अघि टिकट खुलाउने तयारी छ । अहिले बाटो मर्मत सडक सुरक्षाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र गृहमन्त्रालयमा छलफल गरिरहेका छौँ । तत्काल टिकट खुलाउनका लागि सहज छैन ।

सडक थुप्रै स्थानमा मर्मत गर्नुपर्ने छ,’ उनले भने, सडकहरू मर्मतको काम सकिएपछि यसका साथै चाडपर्वमा यात्रा सहज बनाउन राजमार्गका विभिन्न स्थानमा हेल्प डेस्क राखिने विषयमा समेत छलफल भइरहेको अध्यक्ष स्वाँरले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us