बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ५ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, ५ असोज– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्याँस बुलेटको ठक्करबाट शुक्रबार राति साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका९११ थानाभर्याङ बस्ने ६० वर्षीय रमेश पाण्डे रहेको प्रहरीले जानकारी दिएको छ ।

हेटौँडाबाट थानाभर्याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन । प्रहरीले बुलेट र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us