चट्याङ लागेर महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ५ गते ११:२२ मा प्रकाशित

बागलुङ, ५ असोज– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको चट्याङ लागेर मृत्यु भएको छ ।

घरभित्र बसिरहेका बेला चट्याङ पर्दा गएराति उनको मृत्यु भएको बागलुङ प्रहरीका डिएसपी विजय यादवले बताए ।

मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइको छ ।

चट्याङका कारण घरमा क्षति पुगेको छ । मृतककी सासु र दुई वर्षीया छोरी भने सकुशल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us