मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा दुई युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ५ गते १०:०६ मा प्रकाशित

चितवन, ५ असोज– चितवनको नारायणगढमा मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश–०६–००२प३१४५ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२ लिलाचोक नजिकै गएराति सवा १ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको हो ।

चितवन प्रहरीका डिएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपुरको गैंडाकोट–५ कांग्रेसचोकका २६ वर्षीय रबिन थापा र लमजुङ दुधपोखरी–६ का ४० वर्षीय पूर्णबहादुर गुरुङ छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us