काठमाण्डु, ४ असोज– एमाले कार्यबाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ उपाध्यक्ष पोखेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।
ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भाग लिन शुक्रबार नेपाली प्रतिनिधित्व गर्दै शुक्रबार अमेरिकाको ज्यूयोर्क प्रस्थान गरेका थिए ।
महासभामा सहभागी भएर ओली आगामी १४ असोजमा गते स्वदेश फर्कने कार्यतालिका छ ।