सन्धुपाल्चोकमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाण्डु टुडे २०८१ असोज ४ गते १६:४६ मा प्रकाशित

सिन्धुपाल्चोक, ४ असोज– सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ ।

जिल्लाको बाहुनेपाटी केन्द्रमा पछिल्लो एक घन्टामा ४३.६ मिलिमिटरभन्दा बढी वर्षा भएको जल तथा मौसम महाशाखाले जनाएको छ ।

यस्तै भोताङमा ३४.६, दुवाचौरमा २७, मेलम्ची घ्याङमा २६.४, तार्के घ्याङमा २४ मिलिमिटर वर्षा भएको छ ।

वर्षाका कारण मेलम्ची, इन्द्रावती, भोटेकोसीलगायत नदीमा जल सतह बढ्ने सम्भावना रहेको विभागले जनाएको छ । विभागले बाढी पहिरोको जोमिख भएकाले सतर्कता अपनाउन भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us