काठमाण्डु, ४ असोज- काठमाण्डुको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् ।
सिंचाई कुलेमा बिहीबार उनी मृत भेटिएको प्रहरीले जनाएको छ । उता ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा एक पुरुष मृत भेटिएका छन् । मृतक ५७ वर्षीय मधुसूदन नेपाली रहेको ललितपुर प्रहरी परिसरले जनाएको छ । दुवै घटनाको छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ ।