म ज्युँदै छँदा कम्युनिष्ट पार्टीहरुबीच एकता गराउँछुः वामदेव

काठमाण्डु टुडे २०८१ असोज ४ गते १०:४८ मा प्रकाशित

काठमाण्डु, ४ असोज– पूर्वएमाले नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफू ज्युँदै हुँदा फेरि एकपटक कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्ने घोषणा गरेका छन् ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा गौतमले आफू कम्युनिष्ट एकता गराउन सक्रिय रहेको बताए ।

कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउन आफूबाहेक अरुले भूमिका खेल्न नसक्ने उनको दाबी थियो ।

आफूमा निहुँ खोजीखोजी पनि मित्र बन्न सक्ने गुण रहेका कारण सो कामका लागि आफू मात्र सक्षम रहेको उनले जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us