देशभर अराजकता बढ्यो: माओवादी केन्द्र

काठमाण्डु टुडे २०८१ असोज ३ गते १६:०७ मा प्रकाशित

काठमाण्डु, ३ असोज– नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ । साथै माओवादी केन्द्रले भू–राजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो जानकारी दिएका हुन । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दै गएको बताएका छन ।

उनले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दैछ । भूराजनीतिक स्थितिले पनि पेचिलोपन ल्याउँदैछ। अन्तर्राष्ट्रिय रूपमा हेर्दा त विस्फोटक स्थिति बनेको छ, ‘यो परिस्थितिमा पार्टीलाई एकताबद्ध गर्नुपर्छ।

जनवर्गीय सङ्गठनहरूलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने निष्कर्ष छ ।’ उनले देशैभरि अराजकता, विकृति र विसङ्गति बढेको निष्कर्ष बैठकले निकालेको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us