काठमाण्डु, ३ असोज– काठमाण्डु नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रण लिएको छ ।
संसद् भवनको ३ नम्बर गेट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकनरी दिएका छन ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको उनले जानकारी दिएका छन । सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ ।
विभिन्न समूहले संविधानको विरुद्धमा प्रदर्शनका कार्यक्रम पनि गरिरहेका छन । बिहीबार साँझ नागरिक स्तरबाट दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना गरिएको छ ।