काठमाण्डु, ३ असोज– सरकारले दसैंमा १० रुपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।
कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य रहेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाण्डु परिसरबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने भएको छ ।