नदीको मापदण्ड नबढाउन माग गर्दै प्रदर्शन

काठमाण्डु टुडे २०८१ असोज ३ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, ३ असोज– वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाण्डु र ललितपुरका बासिन्दाले प्रदर्शन गरेका छन ।

काठमाण्डु माइतीघरमा भेला भएका उनीहरुले मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्ने प्रदर्शन गरेका हुन । खोला नदीको नयाँ मापदण्ड खारेज गर्नुपर्ने, नदी किनार वरपरका बासिन्दामाथिको धरपकड रोक्नुपर्ने, निजी घरजग्गामा अतिक्रमण बन्द गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

सर्वोच्च अदालतले नदी संरक्षणसम्बन्धी एक मुद्दाको फैसलामा वाग्मती, विष्णुमतीलगायतका नदीहरुमा हाल २० मिटर मात्र खुला क्षेत्र रहेकामा थप २० मिटर राख्नुपर्ने आदेश दिएको थियो ।

उक्त फैसला कार्यान्वयनमा गएमा आफूहरुको उठीबास हुने भन्दै उनीहरुले प्रदर्श गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us