म्हैपीमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ३ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, ३ असोज– काठमाण्डुको म्हैपीस्थित करिडोरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बागलुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डु महानगरपालिका–१६ म्हैपीस्थित करिडोरमा ग.१४ प ६४४३ नम्बरको मोटरसाइकललाई बा.४ ख ८६८५ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ ।

खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधवार राति दुर्घटनामा परेका विनोदको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले जानकारी दिएका छन ।

मोटरसाइकलमा सवार एक जनाको ट्रमा सेन्टरमा उपचार हुँदैछ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us