काठमाण्डु, ३ असोज– दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन । पक्राउ पर्नेमा बबई गाउँपालिका–१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनलाई बुधबार बिहान प्रहरीले जानकारी दिएको छ ।
याम बहादुरले ती बालिकालाई गत भदौ २२ गते बबई गाउँपालिका–१ मदाने गंगटे जानेबाटोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।