४ असोजमा चक्काजाम गर्न दुर्गा प्रसाईंको उर्दी

काठमाण्डु टुडे २०८१ असोज ३ गते ११:४६ मा प्रकाशित

काठमाण्डु, ३ असोज– दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले पक्राउ पुर्जीको विरोधमा ४ असोजमा देशभर चक्काजाम गर्ने भएका छन । प्रसाईंलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न जिल्ला अदालत काठमाण्डुले बुधबार अनुमति दिएको थियो ।

त्यसको विरोधमा महाअभियानले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहीबार राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको हो ।

महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिकको जीवन रक्षार्थ शान्तिपूर्ण रूपमा चालिएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिब्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हननमा सरकार लागेको आरोप लगाएको छ ।

साथै महाअभियानले प्रसाईँका साथै सञ्चारकर्मी प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरी राज्यले दमन कार्यनीति अपनाएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us