बेलायती राजा चाल्र्सले पठाए संविधन दिवसको शुभकामना

काठमाण्डु टुडे २०८१ असोज ३ गते १०:२४ मा प्रकाशित

काठमाण्डु, ३ असोज–बेलायती राजा चार्ल्स तृतीयले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को शुभकामना सन्देश पठाएका छन् ।

राजा चार्ल्सले राष्ट्रपति रामचन्द्र पौडेललाई दिवसको शुभकामना पठाएका हुन् । काठमाण्डुस्थित बेलायती दूतावासले राजा चार्ल्सको शुभकामना सन्देश बिहीबार सार्वजनिक गरेको छ ।

‘आज तपाईं र नेपालका जनताले राष्ट्रिय दिवसको विशेष दिन मनाइरहँदा, महामहिम र नेपाली जनतालाई बधाई दिन पाउँदा म र मेरी श्रीमती धेरै खुसी छौं,’ सन्देशमा छ ।

राजा चाल्र्सले शान्ति, समृद्धिका साथै वातावरण र जलवायु परिवर्तनबाट आगामी पुस्तालाई लाभ पुर्‍याउने जस्ता विश्वका महत्वपूर्ण मुद्दामा दुई देशबीच निरन्तर सहकार्य हुने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us