युवा पुस्तालाई ओलीको सन्देशः जनताले लामो समय भोगेको निरंकुशता नबिर्स

काठमाण्डु टुडे २०८१ असोज ३ गते ८:५५ मा प्रकाशित

काठमाण्डु, ३ असोज– प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय एकता दिवस–२०८१ का अवसरमा बिहीबार एक सन्देश जारी गर्दै उनले दसकौं लामो संघर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलोपटक निर्माण गरेको संविधानले जनताको अधिकारलाई रक्षा गरेको बताए ।

संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको र सबै खाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूलाई संरक्षण गरेको ओलीले उल्लेख गरे ।
संविधानको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुनसक्ने उनले बताए ।

ओलीले जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सन नहुने उनले उल्लेख गरे ।

‘यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा राम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ’, ओलीले भनेका छन् । उनले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us