डेडिकेटेड र ट्रंक लाइनमा ओलीको अनुचित निर्देशन नमान्ने ऊर्जा सचिवको सरुवा

काठमाण्डु टुडे २०८१ असोज २ गते २१:०९ मा प्रकाशित

काठमाण्डु, २ असोज– सरकारले चार सचिवको सरुवा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले चार सचिवको सरुवा गरेको हो । ऊर्जा र्जासचिव गोपाल सिग्देललाई जल तथा उmर्जा आयोगमा सरुवा गरिएको छ । ऊर्जा आयोगमा रहेको सुरेश आचार्यलाई उmर्जा सचिवको जिम्मेवारी दिइएको छ ।

डेडिकेटेड र ट्रंक लाइनबापतको बिजलीको महसुल नतिरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले विभिन्न उद्योगको लाइन काटेपछि प्रधानमन्त्री केपी ओलीले लाइन जोड्न निर्देशन दिएका थिए ।

ओलीले रकम नउठे पनि बिजुली जोड्न र महसुल छुट दिन दिएको निर्देशन सचिव सिग्देलले अस्वीकार गरेका थिए । विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्यसचिव समेत रहेका सचिव सिग्देलले महसुलमा छुट दिन नसक्ने निर्णय गराएका थिए ।

त्यसका लागि प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले दिएको दबाब अस्वीकार गर्दै सिग्देलले छुट दिने भए मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने अडान लिएका थिए । उनी गत वर्षको मंसिरदेखि उक्त मन्त्रालयमा सचिव थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us