सहकारीको रकम अपचलनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डु टुडे २०८१ असोज २ गते २०:४१ मा प्रकाशित

काठमाण्डु, २ असोज– सरकारले सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ ।

बुधबारको मन्त्रिपरिषद बैठकले समितिले प्रतिवेदन कार्यान्वन गर्ने निर्णय गरेको हो ।

समितिले सोमबार प्रतिनिधिसभामा प्रतिवेदन प्रस्तुत गरेको थियो ।

तत्कालीन प्रमुख प्रतिपक्षी काँग्रेसले पटकपटक ससद अवरुद्ध गरेपछि एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा गत १५ जेठमा प्रतिनिधिसभाले ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो ।

प्रतिवेदनले विभिन्न ६ वटा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोडभन्दा बढी रकम गैरकानूनी रुपमा प्रवाह भएको औंल्याएको छ ।

मन्त्रिपरिषदले संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाउने निर्णय गरेको सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सभामुखले देवराज घिमिरिले प्रतिवेदनले औल्याएका विषयमा आवश्यक कारबाहीका लागि सरकारलाई सोमबारै निर्देश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us