काठमाण्डु, २ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताबारे विगतमा आफूलाई विश्वास नै नलागेको बताएका छन ।
आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले सहकारीको रकम अपचलनका विषय महामन्त्री गगन थापाले उठान गरेको बताएका छन ।
सभापति देउवाले भने, ‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर ।
रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे, म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’ सभापति देउवाले पार्टीको संगठन विस्तारमा ध्यान दिन र आन्तरिक झगडाहरुलाई मिलाउनेतिर लाग्न पनि निर्देशन पनि दिएका छन ।