काठमाण्डु, २ असोज– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने दाबी गरेका छन । आज बुधवार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा बोल्दै मन्त्री पोडैलले यस्तो बताएका हुन । उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने पनि बताएका छन ।
उनले अहिले समाज को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको पनि बताएका छन । उनले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको पनि बताएका छन । उनले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताएका छन ।
उनले यस्तै रूपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्ष भन्दा माथिको सङ्ख्या बढी हुने पनि बताए । खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको बताएका छन ।
मन्त्री पौडेलले भने, ‘हाम्रो कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ । उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो पनि अलि बढी छ ।
तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म रु यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र नेपालमा ५० वर्षभन्दा माथिको सङ्ख्या बढी हुन्छ ।
त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्ध भत्ता दिनै सक्दैन । त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ ।’
उनले थपे, ‘खाद्य स्वास्थ्यको मुख्य विषय हो । तर त्यो स्वास्थ्यसँग जोड्न सकिरहेको छैन । क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो रु हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ रु खाने वस्तु कस्तो छ र रु कति खाइरहेका छौँ ? चाहिने जति छ कि, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ की रु थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो ।’