काठमाण्डु, २ असोज– सङ्खुवासभामा टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा उनीहरु दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिएका छन ।
टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको उनले जानकारी दिएका छन । नदीले बगाएको उक्त टयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ ।