काठमाण्डु, २ असोज– नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि माओवादी केन्द्रले विश्वासको मत नदिने बताएको छ ।
माओवादी सांसद गणेश उप्रेतीले भने, ‘जनताद्धारा होइन केन्द्रको पनि प्रदेशको पनि, भ्रष्टद्धारा निर्मित सरकारलाई विश्वास दिन सकिदैन, त्यस कारण हाम्रो दलबाट हाम्रो सरकारले विश्वास रहदैन, विश्वास छैन ।’
माओवादी केन्द्रले सुरु गरेको जनयुद्धलाई हिंसा देख्ने दलले विश्वासको मत माग्नु हास्यास्पद भएको पनि बताएका छन । उनले भने, ‘सुसासनका लागि बनेको भए हामी पनि सहयात्री हुनस्क्थ्यौं, सरणार्थी प्रकरणको छानविन गर्ने प्रहरीलाई रातारात हटाइए, राष्ट्रीय रुपमबाट स्थापीत भ्रष्टाचारका फाइल गायब भइरहेका छन्, सरकारले आफ्नो गती देखाउन थालिसकेको छ ।’
उनले सरकारले जनताको सेवा नगर्ने बताउँदै उनले सरकारलाई समर्थन नगर्ने पनि बताएका छन । उनले भने, ‘जतिसक्दो छिटो सरकारको बिगठन र सरकारको अन्त्य र समाप्तीबाट मात्रै नै सुशासनको अघि बढ्न सक्छ ।’ यो सरकारलाई हाम्रो समर्थन रहदैन ।’