घुम्न जाने हो बेश्यावृत्ति सङग्रहालय ?

काठमाण्डु टुडे २०७१ भदौ ५ गते ७:२४ मा प्रकाशित

काठमाण्डु – नेदरल्याण्डको राजधानी आम्सटर्डमको आसपासमा एउता यस्तो इलाका छ जहाँ कहिल्यै रात पर्दैन ।

pstसूर्य अस्ताएपछि रातो बत्तिको प्रकाशले उज्यालो छर्न थाल्छ । आम्सटर्डमको सबैभन्दा पुरानो ‘रेड लाइट एरीया’ अर्थात ‘खुला वेश्यावृत्ति क्षेत्र’ ‘दे वाल्ले’मा २४ सै घण्टा जुनसुकै उमेरसमुहका यौनवासना मेटाउन मान्छेको भिड लागिरहेको हुन्छ ।

४ सय कोठा भएको बेश्यालयमा नेदरल्याण्ड सरकारले ‘बेश्यालय सङग्रहालय’ बनाउने घोषणा गरेको छ । जसको नाम ‘रेड लाइट सेक्रेट्स’ रहेको छ ।

नेदरल्याण्डमा बेश्यावृत्तिलाई कानुनी मान्यता प्राप्त छ । आम्सटर्डम नगर निगमले सो क्षेत्रमा बेश्यावृत्तिको लागि सहयोग गर्दै आएको छ । जुन उद्योगबाट सो देशको आर्थिक विकासमा मद्धत गरेको छ ।

सदियौंदेखि चल्दै आएको रेड लाइट क्षेत्रमा ७ हजार यौनकर्मीहरु संलग्न छन् । जसमध्ये ७५ प्रतिशत यौनकर्मीहरु आर्थिक स्तर कमजोर भएका युरोपियन मुलुकबाट आउने गरेका छन् । नेदरल्याण्ड सरकारले उनीहरुको विशेष रेखदेख र स्वास्थ्य परीक्षणको व्यवस्था गर्दै आएको छ ।

२१ वर्ष उमेर हद तोकिएको सो बेश्यालयमा एक दिनको मुल्य १५० युरो राखिएको छ ।

सङग्रहालयमा २० औं शताब्दीको बेश्यावृत्ति झल्कने दृश्यहरु पनि राखिएको छ । साथै बेश्यालयमा प्रयोग भएका तन्ना, सिरक डसना, तकिया, श्रृङगारका सामाग्री सजाएर राखिएका छन् ।

ढोकामा आफ्नो सेक्स अनुभव लेखेर राखेका सेक्रेट्सहरु पनि पढ्न पाइन्छ ।

p

pro

pros

prost

prosti

prrostitu

pstt

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us