काठमाण्डु, २ असोज– माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।
क्रान्तिकारीको दोस्रो सम्मेलनबाट १३ मध्ये ११ पदाधिकारीको चयन निर्वाचनमार्फत गरिएको हो । ६५ सदस्यीय प्रदेश समितिका ५२ सदस्य र दुई पदाधिकारी गरी ५४ जना सर्वसम्मत चयन भए ।
पदाधिकारीमा उपाध्यक्ष लक्ष्मी चौधरी र कोषाध्यक्ष सुन्दर गौतम निर्विरोध निर्वाचित भएका थिए । क्रान्तिकारीको प्रदेश अध्यक्षमा वीरबहादुर थापा नेतृत्वको प्यानल विजयी भएको छ ।
थापा र वीरेन्द्रराज विष्ट प्यानल प्रतिस्पर्धामा थिए । थापा १ सय ३१ मत ल्याएर विजयी हुँदा विष्टले १ सय १५ मत पाए । २ सय ६३ प्रतिनिधिमध्ये २ सय ५१ प्रतिनिधि मतदानमा सहभागी रहेको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा थापा समूहबाट तिलक बहादुर माल निर्वाचत भए । उपाध्यक्षमा थापा समूहका कैलाशचन्द्र गिरी र जिवन बिसी तथा विष्ट समूहका साजेन्द्र कोली निर्वाचित भएका छन् ।
प्रमुख सचिवमा विष्ट समूहका देविजंगबहादुर सिंहले थापा समूहका शिवराज सन्ञ्जाललाई पराजित गरे ।
सचिवमा सचिवमा थापा समूहका मनोज पुनमगर र रोहित जोशी तथा विष्ट समूहका प्रकाश आचार्य विजयी भएका छन् ।
सचिवमा निर्वाचित कमल थापालाई भने दुवै प्यानलले समर्थन गरेको थियो । निर्वाचनमा माओवादी प्रदेशका नेताहरु स्पष्ट रुपमा दुई खेमामा उभिए ।
स्थायी समिति सदस्य खगराज भट्ट, प्रदेश अध्यक्ष हरि चौधरी, रमेश धामी, हरि ज्ञवाली, नरेन्द्र कुँवर, जनक बुढा, दीपक साउद, अक्कल रावल र वीरमान चौधरीजस्ता सिनियर नेताहरुको समर्थन अध्यक्षमा पराजित विष्ट समूहलाई थियो ।
त्रिलोचन भट्ट, मानबहादुर धामी, झपड साउद, मानसिंह माल र ओमविक्रम भाटसहित युवा नेताहरु खुलेरै थापा समूहको समर्थनमा उत्रिए ।
माओवादी उपमहासचिव एवं प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल भने तटस्थ रहे । यद्यपि भित्रभित्रै भने पोखरेलको समर्थन विष्ट र मगरको समर्थन थापालाई थियो ।
।