सहकारी प्रकरणका दोषीमाथि कारबाही सुरु हुन्छः प्रकाशमान सिंह

काठमाण्डु टुडे २०८१ असोज २ गते १०:४६ मा प्रकाशित

काठमाण्डु, २ असोज– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी बचत अपचलन प्रकरणमा संसदीय समितिले दिएको सुझावलाई आधार मानेर सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

बुधवार गणेशमान सिंहको २७औं पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग उपप्रधानमन्त्री सिंहले संसदीय समितिले दिएको सुझावलाई आधार मानेर मन्त्रीपरिषदमा छलफल गरी चाँडै नै विधि र प्रक्रियाअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् ।

‘सभामुखले सरकारलाई कार्यान्वयनमा लैजानका लागि निर्देशन दिनुभएको छ । सरकारले रिपोर्टको अध्ययन गरेर, संसदीय समितिले रिपोर्ट दिएकाले त्यो सुझावलाई आधार मानेर मन्त्रीपरिषद्मा छलफल भएर चाँडै नै विधि र प्रक्रियाअनुसार अघि बढ्छ,’ उनले भने ।

समितिले आफ्नो काम सकाएर सरकारलाई निर्देशन दिइसकेकाले अब सरकारले प्रक्रिया पूरा गरी अघि बढाउने उपप्रधानमन्त्री सिंहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us