बर्दिया, २ असोज– बर्दियामा एक महिलाको हत्या भएको छ ।
बारबर्दिया नगरपालिका–५ तर्कापुरकी ३९ वर्षीया मिना थारुको हत्या भएको प्रहरीले जनाएको छ ।
बर्दिया प्रहरीका डिएसपी तुलसीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिटेमा मिनाको हत्या भएको थियो ।
अर्यालले हत्यामा संलग्न बारबर्दिया–११ का ४० वर्षीय शिवप्रसाद थारुलाई पक्राउ गरिएको जानकारी दिए ।
हत्यापछि फरार शिवप्रसादलाई बारबर्दिया–५ सिटीबरेलीबाट पक्राउ हो । थारुले घरमै गएर मिनाको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।
उनलाई उपचारका लागि जयनगरस्थित नगर अस्पताल लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
प्रहरीले हत्याको कारण नखुलेको र थप अनुसनधान जारी रहेको जनाएको छ ।