आरजु राणाले क्यानडाका परराष्ट्रमन्त्रीसँग भेट्दै

काठमाण्डु टुडे २०८१ असोज २ गते १०:०१ मा प्रकाशित

काठमाण्डु, २ असोज– परराष्ट्रमन्त्री आरजु राणा देउवाले क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोलीसँग भेटवार्ता गर्दैछिन् ।

राणा नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भेट हुन लागेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

देउवा असोज ३ र ४ मा क्यानडाको टोरोन्टोमा हुने महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा भाग लिन ओटावा पुगेकी हुन् ।

क्यानडाका परराष्ट्रमन्त्री जोलीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त बैठकमा भाग लिन देउवा मंगलबार क्यानडा पुगेकी थिइन् ।

मन्त्री देउवालाई मन्ट्रियल अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल, नेपाली दूतावासका कर्मचारी र क्यानडा सरकारका प्रतिनिधिले स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us