रवि लामिछानेले ‘क्लिन चिट’ होइन, ‘क्लियर चिट’ पाएका हुन्, भ्रम नछरौं, शर्मा

काठमाण्डु टुडे २०८१ असोज १ गते १९:२४ मा प्रकाशित

काठमाण्डु, १ असोज– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम फेर्न त्यसका नेताहरुलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत रास्वपाको प्रथम राष्ट्रिय भेला सफलताको शुभकामना दिँदै शर्माले पार्ट नाम फेर्न सुझाव दिएका हुन् । स्वतन्त्र शब्द छाडेर दलको नाम जुराउने साहस राख्न रास्वपा नेतृत्वलाई शर्माको आग्रह छ ।

‘कतिपय असन्तुष्टिको माहौलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभयो । एउटा आकार बनाउनुभयो’, शर्माले भने, ‘अब स्वतन्त्र छाडेर दलको नाम जुराउने साहस राख्नुस् ।’

रास्वपाको पहिलो राष्ट्रिय भेला राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबारदेखि सुरू भएको छ । शर्माले सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई संसदीय छानबिन विशेष समितिले ‘क्लिन चिट’ नदिएको समेत बताए । उनले समितिले प्रचलित कानून बमोजिम कारबाहीका लागि सिफारिस गरेको विषयमा भ्रम नर्छन भनेका छन् ।

‘क्लिन चिट कि क्लियर चिट स्पष्ट हुनुस् । प्रचलित कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं’, उनले भने, ‘बरू क्लियर चिट किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नु हुन्छ नै ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us