
काठमाण्डु, ३१ भदौ– सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज सोमबार हस्ताक्षर गरीएको छ ।
आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी रहेको छ । समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर) मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो ।