काठमाण्डु आइरहेको ट्रक त्रिशूलीमा खस्यो

काठमाण्डु टुडे २०८१ भदौ ३० गते ८:३५ मा प्रकाशित

चितवन, ३० भदौ– नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ बाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको छ ।

काठमाण्डु जाँदै गरेको ना६ख ६२८३ नम्बरको ट्रक २९ किलो भन्ने स्थानबाट त्रिशूलीमा खसेको चितवन प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार ट्रकमा खाने तेल राखिएको थियो ।

दुर्घटनास्थलमा प्रहरी पठाइएको रिजालले बताए । ट्रकमा कति जना सवार थिए र उनीहरुको अवस्था के छ भन्नेबारे जानकारी आएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us