सुनिल थापा प्रियंका चोपडाको गुरु !

काठमाण्डु टुडे २०७१ भदौ ५ गते २:२० मा प्रकाशित

काठमाण्डु,  ५ भदौ–नेपाली चलचित्रका लोकप्रिय अभिनेता सुनिल थापा बलिउडको बहुचर्चित चलचित्र मेरी कोम को सम्पूर्ण काम सकेर बुधबार sunil thapaकाठमाण्डु फर्किएका छन् ।

चलचित्रमा मेरी कोम प्रियंका चोपडा को गुरु नरजित सिंहका रुपमा प्रस्तुत भएका उनको कामको बलिउडमा पनि प्रशंसा भएको छ ।

प्रमोसनको काम सकेर फर्किएको हुँ काठमाडौं अवतरणपछि थापाले भने, दर्शकले एउटा राम्रो चलचित्र हेर्न पाउनेछन् ।

यस चलचित्रले अभिनेता सुनिल थापाको अभिनय यात्रालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । चलचित्र मेरी कोममार्फत उनी विश्वभर छाउनेछन् ।

गत जुलाई १५ मा फस्ट लुक सार्वजनिक गरिएको यो चलचित्र आगामी सेप्टेम्बर ४ देखि ११ सम्म क्यानडामा हुने टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर एंव सेप्टेम्बर ५ मा विश्वभर रिलिज हुँदैछ ।

अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us