झापामा युवतीको हत्या, युवक पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २९ गते १६:१९ मा प्रकाशित

काठमाण्डु २९ भदौ– झापाको अर्जुनधारा–६ बिर्तामोडको शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रबार साँझ एक युवाले छुरी प्रहार गरेर युवतीको हत्या गरेका छन ।

साँझ ६ बजेर ४० मिनेट जाँदा कैलाली गौरीगंगा नगरपालिका–३ का २० वर्षीय युवक अनिलज विकले इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीय युवती मनिषा लोहारको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

युवती मनिषा विर्तामोडमै बस्दै आएकी थिइन् । युवतीलाई धारिलो हतियार प्रहार गरेपछि गम्भीर घाइते भएकी थिइन । उनको उपचारकै क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ती युवतीलाई युवकले धेरै पटक छुरा रोपेका थिए । युवतीको राती ७ बजेर १० मिनेजमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भीम बहादुर दाहालले जानकारी दिएका छन ।

छुरा प्रहार गर्न युवालाई गाउँलेले लखेटेर पक्रेका थिए । उनलाई पनि गाउँलेले कुटपिट गरेर घाइते बनाएका छन् । ती युवाको पनि विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

घटना के कारणले भएको हो भन्ने बारेमा र युवकमाथि कुटपिट गर्ने समूहका बारेमा खोजी र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । चार दिनअघि बिर्तामोडको किराँत चोकमा युवतीकै विषयलाई लिएर दुई समूहबिच ग्याङ फाइट भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us