एमाले नेता एवं लेखा समिति सभापति पोखरेल पत्नी सहकारी ठगीमा मुछिइन्

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १९:२८ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– एमाले नेता एवं संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा तानिएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरूङर उनकी पूर्वश्रीमती ज्योति सहकारी ठगीमा संलग्न रहेका तथ्यहरु सार्वजनिक भइरहँदा पोखरेल पत्नी सहकारी ठगीमा मुछिएकी हुन् ।
मोरङ–२ बाट निर्वाचित सांसद पोखरेल पत्नी अञ्जला कोइराको मोरङको धनपालथान गाउँपालिका–४ कर्सियामा हरेको उमागौरी कृषि सहकारी संस्थाको रकम ठगीमा मुछिएकी हुन् ।

कोइराला उक्त सहकारीको पूर्वसञ्चालक सदस्य हुन् । उनको नाम ऋण लिएर नतिर्नेको सूचीमा छ । सहकारीका अध्यक्ष समेत हरेका एमाले स्थानीय नेता शम्भुप्रसाद रौनियार सहकारी हिनामिनाको विषय समार्वजनिक भएपछि कार्यालमा ताला लगाएर फरार छन् ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका कार्यालयले रौनियारलाई यसअघि नै संस्थाको हिसाब बुझाउन पटकपटक ताकेता गरेको थियो । तर, लेखा समिति सदस्य पोखरेलकै संरक्षणमा उनले अटेरी गर्दै आएका थिए ।

रौनियार मोरङमा पोखरेलका नकिट विश्वासपात्र मानिन्छन् । प्रदश सहकारी कार्यालयका प्रमुख हरिबहादुर खत्रीले धेरैपटक बोलाउँदा पनि अध्यक्ष खत्री सम्पर्कमा नआएको र केही दिनयता सम्पर्कबिहीन भएको जानकारी दिए ।

‘संस्थाकै सदस्यहरु हामी डुब्यौं भनेर उजुरी लिएर आउनुभएपछि हामीले सहकारीका अध्यक्षलाई धेरैपटक बोलायौं’, खत्रीले भने, ‘उहाँ आउनुभएन, केही दिनयता त सम्पर्कबिहीन नै हुनुभएको छ ।’

आफ्नो अचल सम्पत्ति धितो राखेर सहकारी सञ्चालनका लागि अरु वित्तिय संस्थाबाट ऋण लिन सहयोग गरेका सहकारीका सदस्हरुले ऋण नतिरेर कालो सूचीमा परेपछि मात्र आफूहरु ठगिएको थाहा पाएका थिए । पोखरेल पत्नी अञ्जला पनि बैंकको कालोसूचीमा छिन् ।

उक्त सहकारीले संस्थाका सदस्यहरुको जग्गा धितो राखेर नबिल र माछापुच्छे« लगायत बैंकबाट १२ करोड रुपैयाँ अण लिएर नतिरेको देखिएको छ ।

ऋण लिँदा भने पोखरेल पत्नी अञ्जला सहकारीको सञ्चालक समितिमा रहेको पुष्टि हुने काजगात फेला परेका छन् ।

अहिले पनि पोखरेल र अञ्जला दुवैले छाडिसकेको सहकारी ठगीमा अनावश्यक रुपमा नाम जोडिएको दाबी गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us