प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक सुरु

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १८:१३ मा प्रकाशित

काठमाण्डु २८ भदौ– नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । यसअघि बुधबार परिषद्को बैठक बोलाए पनि स्थगित भएको थियो ।

शुक्रबारको परिषद् बैठकको तयारी स्वरुप बिहीबार प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us