उपसभामुख हटाउने निष्कर्षमा पुगेका छैनौँ: महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १७:३२ मा प्रकाशित

काठमाण्डु २८ भदौ– एमाले महासचिव शंकर पोखरेलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेबारे निष्कर्षमा आफुहरु नपुगेको बताएका छन् । आज शुक्रबार बसेको सचिवालय बैठकपछि महासचिव पोखरेलले यस्तो जानकारी दिएका हुन ।

उनले उपसभामुख हटाउने भनेर बाहिर आएका चर्चाजस्तै कुनै निष्कर्षमा पुगिनसकेको बताए । पत्रकारले सोधेको प्रश्न दिँदै महासचिव पोखरेलले भने, ‘यसमा नेकपा एमालेको मान्यता उहाँमाथि उठेका प्रश्नमा उहाँको पार्टी र उहाँ स्वयंले स्पष्ट गर्नुपर्छ’, महासचिव पोखरेलले भने, ‘उहाँका विषयमा उठेका कुरा सत्य हुन् भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने स्पष्टै छ ।

यद्यपि अहिले जसरी चर्चामा आइरहेका विषयमा के गर्ने भन्ने कुनै निष्कर्षमा पुगेका छैनौँ ।’ उनले यो संसद्को मामिलाको विषय भएको पनि प्रस्ट पारेका छन । संसद्लाई कति मर्यादित बनाउने भन्ने संसद् र दलहरूले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us