जनयुद्धको बद्नाम गर्ने प्रयासहरु भइरहेको भन्दै संसदमा प्रतिवादमा उत्रिन प्रचण्डको निर्देशन

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १७:११ मा प्रकाशित

काठमाण्डु २८ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धको बद्नाम गर्ने प्रयासहरु भइरहेको भन्दै सशक्त प्रतिवाद गर्न आफ्ना सांसद हरुलाई निर्देशन दिएका छन् ।

आज शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन । उनले सभामुखबाटै ‘हिंसा’ शब्दलाई गैरसंसदीय शब्द करार गरिनु दुःखद भएको पनि बताएका छन ।

उनले एमालेले जनयुद्धलाई हिंसा गैरसंवैधानिक कुरा गरिरहेको भन्दै संसदमा एमालेविरुद्ध सशक्त प्रतिवादमा उत्रिन समेत निर्देशन दिएका छन् । एमालेले जनयुद्धलाई हिंसा भनेपनि दुई दलबीच संसदमा वादविवाद हुँदै आएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us